काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन



काभ्रे । काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक विष्णु चौलागाईंको निधन भएको छ ।

५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान ओम अस्पताल चाबहिलमा उपचारकै क्रममा निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए। कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो ।

त्यसपछि उनी होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

पुन पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएदेखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । जिल्लामा करिब ४ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ ।

काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् । यसैबिच, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांगेसद्वारा चितवनकी १४ वर्षीया छात्राको मृत्यु प्रकरण अनुसन्धान गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४

नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्याएर

१८२ देशसँग नेपालको कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौँ । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको