थप २३६४ मा कोरोना संक्रमण,३ हजार बढी डिस्चार्ज,१७ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । उपत्यकामा मात्रै १ हजार ६ सय १५ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भए । यो संगै सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ रहेको छ । नेपालमा निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ ।

यसैगरी, कोरोना संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको मृत्यु भएको छ ।

हाल ३८ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ