१,९५४ जना कोरोना संक्रमित थपिए,२,९८१ जना डिस्चार्ज,११ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।

उपत्यकामा मात्रै ८ सय ४३ जना संक्रमित भएका छन् । काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या १ लाख ६२ हजार तीन सय ५४ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ रहेको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ० दशमलव ५ प्रतिशतको मृत्यु भएको हो ।

हाल ३९ हजार ६ सय ४३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने दुई हजार आठ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ