नेपालमा १,७४१ कोरोना संक्रमित थपिए,चार हजार पाँच जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा एक हजार ६४ पुरुष तथा ६ सय ७७ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६७३, ललितपुरका १४६ तथा भक्तपुरका ७६ जना रहेका छन् ।योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरसबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर ४३ हजार २९३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजार ९६९ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ८६२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका