थप २,८५६ जनामा कोरोना संक्रमण,३,३३६ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ ओटा पीसीआर परीक्षण गर्दा १ हजार ६७ महिला र १ हजार ७ सय ८९ पुरुष गरी २ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ५ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपाल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४५ हजार ५ सय ७२ जना रहेका छन् ।