विश्वका तीन करोड १४ लाख मानिस कोरोना संक्रमणमुक्त



काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाईरसबाट हाल विश्वका ४ करोड २४ लाख ६९ हजार ९ सय ५० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २३ हजार ३६ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ५ सय २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार १४२ पुगेको छ ।

संक्रमितमध्ये ९८ लाख ९७ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७६ हजार बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८७ लाख ४६ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख २९ हजार २ सय बढीको मृत्यु भएको छ भने ५६ लाख ९८ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ७८ लाख १३ हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७० लाख १३ हजार ५ सय बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५३ लाख ५५ हजार नाघेको छ भने १ लाख ५६ हजार ५२८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख ९७ हजार ८ सय भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी