‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुन्छ’



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताएका छन् । उनले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित ११८०औँ समूहको दीक्षान्त समारोहमा महानिरीक्षक थापाले दीक्षित भइ कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले देश र जनताको पक्षमा क्षमता देखाउने बेला आएको बताए ।

उनले भने, ‘तपाईहरु नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्ति हुनुभएको छ, संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्दछु ।’ कहिलेकाँही चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीको आगामी दिन निर्धारण गर्ने उनले बताए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत दीक्षित प्रशिक्षार्थीलाई उनले निर्देशन दिए ।

समारोहमा कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निरबहादुर बानिया, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई उहाँले पुरस्कार प्रदान गरे ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा हरिप्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउन समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई सपथ ग्रहण गराएका थिए ।

विसं २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित कुल १०८ जना प्रहरी निरीक्षकको सहभागिता थियो । प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी सङ्गगीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा