थप ५७४३ जनामा कोरोना संक्रमण, २,९९६ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट थप २०,११८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४०६५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

आइसोलेसनमा ४४,४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार निको भई थप २,९९६ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ९९,६०५ पुगेको छ । आइसियूमा २६९ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन