थप ३०९३ जनामा कोरोना संक्रमण, २,१०८ जना निको भई डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३०९३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।
पीसीआर विधिबाट १३,८६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४२२० जना रहेका छन् । आइसोलेसनमा ४१,७७५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप २,१०८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ । आइसियू २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।