विश्वका कुल कोरोना संक्रमितमध्ये ७४ प्रतिशत संक्रमणमुक्त



विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार २५४ जना संक्रमणमुक्त भएसँगै ३ करोड ३ लाख ५२ हजार सात सय ५२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । कुल संक्रमितको ७४ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ९ सय ८३ पुगेको छ । कोरोना संक्रमितको कुल संख्या चार करोड ६ लाख ४७ हजार ४ सय ३१ पुगेको छ ।

संक्रमितमध्ये ९१ लाख ७१ हजार ६ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७२ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८४ लाख ५६ हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख २५ हजार २ सय बढीको मृत्यु भएको छ भने ५५ लाख ३ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ७५ लाख ९४ हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १५ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ६७ लाख ३० हजार ६ सय बढी निको भइसकेका छन् ।

यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ५१ हजार १ सय २७ पुगेको छ । १ लाख ५४ हजार बढीको मृत्यु भईसकेको छ भने ४६ लाख ८१ हजार बढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई

म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान