थप ३७९० जनामा कोरोना संक्रमण, २,३३५ जना निको भई डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७९० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । पीसीआर विधिबाट थप १५,७१४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,४७० जना रहेका छन् ।
आइसोलेसनमा ४०,७७८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप २,३३५ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९४,५०१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ ।