विश्वका चार करोड संक्रमितमध्ये ३ करोड १ लाख निको भई डिस्चार्ज



गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड भन्दाबढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएसंगै संक्रमितको संख्या ४ करोड २ लाख ७८ हजार १६९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख १२ हजार १७१ जना निको भएका छन् ।

एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार ३ सय २० पुगेको छ । संक्रमितमध्ये ९० लाख ४७ हजार ६ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७१ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ८३ लाख ८७ हजार सात सय ९९ पुगेको छ । अमेरिकामा कोरोनाबाट दुई लाख २४ हजार सात सय ३० जनाले ज्यान गुमाइसकेका छन् भने ५४ लाख ५७ हजार ६ सय ८४ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी छिकेकी मुलुक भारतमा ७५ लाख ४८ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ६६ लाख ५९ हजार ८ सय भन्दा बढी निको भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ६ सय ४२ पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख ३५ हजार ३४४ पुगेको छ भने १ लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४६ लाख ५० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक