अब अग्रपंक्तिमा खटिएकाहरूको मात्र सरकारले उपचार खर्च बेहोर्ने



काठमाडौं । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको र यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो ।

त्यस्तै गौतमले कोभिडको रुपमा सूचीकृत अस्पतालहरुको फार्मेसीबाट रेम्डिसिभिर औषधि बिक्रि वितरण गर्ने व्यवस्था मिलाइएको बताए । उनले अब अग्रपंक्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय भएको जानकारी दिए ।

तर विपन्न वर्ग तथा अतिअशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए । यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । उनले नवमी, दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने तर प्रयोगशालाले चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ