सरकारका राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाएः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताएका छन् । आइतबार झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउँमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेको बताएका हुन् ।
उनले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन बिस्थापन भएकोलगायतका कामहरु भएको जानकारी दिए । सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताए । यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको उल्लेख गरे ।