सांसद र मन्त्रीलाई दसैँ भत्ता नबाँड्न विवेकशील नेपाली दलको माग



काठमाडौं । विवेकशील नेपाली दलले वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड १९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले रकम फिर्ता गर्न आह्वान गरेको छ ।

दलकी उपाध्यक्ष अजिता राईले विज्ञप्तिमार्फत विवेकशील नेपाली दलका सांसहरूले उक्त रकम नलिने र अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न आह्वान गरेकी हुन् । विज्ञप्तिमा भनिएको छ , कोभिड १९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिँदै आएको हो ।

वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक पटक आवाज उठाएको स्मरण गराउन चाहन्छौं ।’
उसले दसैं भत्ता अविलम्ब रोक्न र खातामा पठाइएको दसैँ खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गराएको छ ।

प्रेस विज्ञप्ति:

सांसद, मन्त्रीलाई दसैँ भत्ता नबाँड । बाँडेको रकम फिर्ता गर ।
वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड -१९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले उक्त रकम फिर्ता गर्न विवेकशील नेपाली दल आह्वान गर्दछ ।
विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने व्यहोरा जानकारी गराउँदै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न विनम्रतापूर्वक अपिल गर्दछौं ।

कोभिड-१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिँदै आएको हो । वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक पटक आवाज उठाएको स्मरण गराउन चाहन्छौं ।

तर प्रदेश सरकारले हाम्रा आवाजहरूलाई सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको स्थिति छ । यसैको पछिल्लो उदाहरणको रूपमा प्रदेश सांसद, मन्त्रीहरूलाई समेत दसैँ खर्च बाँड्ने कार्यलाई लिन सकिन्छ । आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दसैँ खर्च लिनु सर्वथा अनुचित कार्य हो ।

अतः हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दसैँ खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौँ । साथै, वागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रुपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं ।
अजीता राई
उपाध्यक्ष
विवेकशील नेपाली दल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादव पक्ष अदालत जाने

काठमाडौं । पार्टी विभाजनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अदालत जाने

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति

‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले