दीर्घ कोभिड हुँदा ‘चार भिन्न समस्या’



’दीर्घ कोभिड’ अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ । दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहयोगको खाँचो छ अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ । अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ। तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू निरन्तरको कोभिड बाट ग्रस्त भएका छन् ।

अनि वेलायतमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ । फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तरको लक्षणहरूले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन् ।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्ः

-फोक्सो र मुटुमा भएका स्थायी क्षति
-सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
-भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
-निरन्तर कोभिड १९ का लक्षणहरूका समस्या
यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिड १९ का कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन । अध्ययनले भनेको छ, ‘निरन्तर कोभिड १९ को निदान’ सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्याउन सकिन्छ । के प्रष्ट भइरहेको छ भने कतिपय मानिसका निम्ति कोभिड(१९ को सङ्क्रमण एउटा दीर्घकालीन रोग हो रिपोर्टमा उल्लेख छ ।

‘कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।’ रिपोर्टका लेखक डा. इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन् ।

तर अध्ययनमा त्यस्तो मात्र पाइएन । ‘हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन्,’ उनले भनिन् । वेलायतको ब्रिस्टल यूनिभर्सिटीकी लेक्चरर जो हाउस सङ्क्रमित भएको छ महिनापश्चात् पनि काममा फर्केकी छैनन् । सुरुमा नराम्रो खोकी र सास फेर्न अप्ठ्यारो भएको थियो जुन अहिले चरम थकान र टाउको दुखाइ अनि मुटुको समस्या र मांसपेशीको पीडासम्म पुगेको छ । ‘अघिल्लो दिन बिउँझने बित्तिकै रिँगटा लाग्यो र बेहोस भएँ। अस्पतालमा पुग्नु पर्यो,’ उनले भनिन्।

मुटुको चाल तीव्र हुने र स्वाँस्वाँ हुने समस्यामा थोरै सुधार भएको छ तर अन्य लक्षणहरूका कारण उनको र उनको परिवारमा ठूलो प्रभाव परिरहेको छ । उनका पार्टनर एशले पनि निरन्तरका लक्षणको समस्या बेहोरिरहेका छन् । त्यसैले उनका किशोर छोराहरूले पकाउने र सरसफाइ गर्ने घरायसी कामको जिम्मा लिएका छन् ।
कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक ?

जो लाई सुरुमा न्यूमोनिया भएको थियो ।खासमा उनलाई कोरोनाभाइरसको परीक्षण कहिल्यै पनि गरिएन र अस्पतालमा भर्ना पनि गरिएन । ‘हामी दुवै बिरामी भएपछि हामीले इच्छापत्र पनि बनायौँ। डरलाग्दो थियो।’ अध्ययनको रिपोर्टले दीर्घ कोभिडका निम्ति निश्चित् अस्पतालका साथै समुदायमा सहयोगको आह्वान गरेको छ । साथै दीर्घ कोभिडले खासगरी अश्वेत वा एशियाली मूलका मानिस अनि पहिल्यैदेखि मानसिक वा सिकाइसम्बन्धी समस्या बेहोरिरहेका मानिसहरू थप प्रभावित हुनसक्ने उसले जनाएको छ । ‘हाम्रो उद्देश्य भनेको यो अध्ययनलाई स्वास्थ्यकर्मीहरूले उपयोग गरेर बिरामीहरूको अनुभव बुझ्न मद्दत पुगोस् भन्ने हो ताकि उनीहरूलाई आवश्यक पर्ने उपचार, सेवा र सहयोगमा पहुँच मिलोस्,’ डा. म्याक्सवेलले भनिन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको