थप ४३९२ जना कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४३९२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

पीसीआर विधिबाट १६,५३१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा४८०८ जना रहेका छन् । आइसोलेसनमा ३७,३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप ३५२२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८८,०४० पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१५ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा