थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७४९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
पीसीआर विधिबाट १६,५९८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् । आइसोलेसनमा ३६,५३३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ३५६४ जना निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या ८४,५१८ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा ३१४ र भेन्टिलेटरमा ६८ जनाको उपचार भइरहेको छ ।