एन्टिजेनबाट पनि अब कोरोना परीक्षण गरिने



काठमाडौं । सरकारले अब कोरोना भाइरसको परीक्षण एन्टिजेन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ । रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।

उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको