अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।

भर्चुअल रुपमा मंगलबार आयोजना गरिएको प्रदेश एकको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए ।

गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए। सिमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न समेत उनले निर्देशन दिए । उनले प्रहरी समायोजनबारेको प्रस्ताव पास भईसकेको जानकारी दिँदै अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाए ।

उनले दशैं तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिए । गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए ।

कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा मंगलबार प्रदेश नं १ मा आयोजना भएको हो । गोष्ठीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिमा फेरि पोखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

प्रकाश सिलवाल, काठमाडौं ।  तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्योः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका

यातायात व्यवसायीसँग गैरकानूनी रुपमा सवारी कर नउठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं ।  यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता

लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)