कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ ।

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने जानकारी दिएका छन् ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।
नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेलको शेयर बिक्रीबारे सूचना लिइरहेका छौँः अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्

राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया