थप पाँच हजार ८ जनामा कोरोना संक्रमण, १२२९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५००८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार थप १२२९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७४२५२ पुगेको छ । त्यसैगरी २ महिला र १२ पुरुष गरी थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । पीसीआर विधिबाट थप १९३२० जनाको नमुना परीक्षण गरिएको छ ।
आइसोलेसनमा ३०,८१८ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३२१ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।