थप २०५९ जनामा कोरोना संक्रमण, १६८० जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।
पीसीआर विधिबाट थप १३,२७९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७०३ जना रहेका छन् । आइसोलेसनमा २७,०५३ जना सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार थप १६८० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७३,०२३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१८ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।