नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने



सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको नोबेल कमिटीले जनाएको छ । उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ ।

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो । ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो ।

यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ । गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अल्जेरियामा रोकियो रुसी युद्धपोत

  उन्नत हाइपरसोनिक मिसाइलहरूले सशस्त्र रूसी युद्धपोत ‘बिजिनेस कल’ का लागि शुक्रबार अल्जेरियाको

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन

गुजरातमा चण्डीपुरा भाइरसका ३७ संक्रमित फेला

  गुजरातका स्वास्थ्यमन्त्री रुषिकेश पटेलले शुक्रबार राज्यभर चण्डीपुरा भाइरसका ३७ मामिला फेला परेको