सरल र समर्पित सत्याग्रही सामू सरकार विनम्रतापूर्वक प्रस्तुत हुन त सक्छ नी !
केशवप्रसाद भट्टराई ।
डा. केसीका मागहरू कति ठीक कति बेठीक छन् भन्ने कुरा आफ्ना ठाउँमा होलान् I तिनका विविध प्राविधिक र व्यवहारिक पक्ष पनि होलान् I तर के कुरा निर्धक्क भन्न सकिन्छ भने उनी एक स्वार्थरहित,पेशाप्रति इमान्दार र साँच्चैका सन्त हुन् I
सरल र देशभक्त नागरिक हुन् ! उनको निष्ठा, त्याग र सेवाभाव अनुपम लाग्दछ I आफ्नो विश्वास र निष्ठाको लागि जीवन समर्पण गर्न तयार उनले साँच्चै राष्ट्रको विवेकको प्रतिनिधित्व गर्दछन् I
उनको माग उनको हठ हो भने पनि त्यो राष्ट्रप्रतिको उनको समर्पण भाव नै हो I देशभक्ति, राष्ट्रियता आदि कुरा पनि त वास्तवमा एक किसिमका हठ नै त हुन् नी I त्यसैले उनी राष्ट्रका अत्यन्त सम्मानित राष्ट्रिय व्यक्तित्व बन्न पुगेका छन् I
डा. केसीको जीवन रक्षा राष्ट्रिय धर्म र दायित्व हो I जन भावनाको सम्मान हो I
सरकार नचुकोस I सवै माग तत्काल पूरा गर्न नसकिएला तर त्यस्ता सरल र समर्पित सत्याग्रही सामू सरकार विनम्रतापूर्वक प्रस्तुत हुन त सक्छ नी !
केसीको जीवन रक्षाका लागि देशभरका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?