सरल र समर्पित सत्याग्रही सामू सरकार विनम्रतापूर्वक प्रस्तुत हुन त सक्छ नी !



केशवप्रसाद भट्टराई ।

डा. केसीका मागहरू कति ठीक कति बेठीक छन् भन्ने कुरा आफ्ना ठाउँमा होलान् I तिनका विविध प्राविधिक र व्यवहारिक पक्ष पनि होलान् I  तर के कुरा निर्धक्क भन्न सकिन्छ भने उनी एक स्वार्थरहित,पेशाप्रति इमान्दार र साँच्चैका सन्त हुन् I

सरल र देशभक्त नागरिक हुन् ! उनको निष्ठा, त्याग र सेवाभाव अनुपम लाग्दछ I  आफ्नो विश्वास र निष्ठाको लागि जीवन समर्पण गर्न तयार उनले साँच्चै राष्ट्रको विवेकको प्रतिनिधित्व गर्दछन् I

उनको माग उनको हठ हो भने पनि त्यो राष्ट्रप्रतिको उनको समर्पण भाव नै हो I देशभक्ति, राष्ट्रियता आदि कुरा पनि त वास्तवमा एक किसिमका हठ नै त हुन् नी I त्यसैले उनी राष्ट्रका अत्यन्त सम्मानित राष्ट्रिय व्यक्तित्व बन्न पुगेका छन् I
डा. केसीको जीवन रक्षा राष्ट्रिय धर्म र दायित्व हो I जन भावनाको सम्मान हो I

सरकार नचुकोस I सवै माग तत्काल पूरा गर्न नसकिएला तर त्यस्ता सरल र समर्पित सत्याग्रही सामू सरकार विनम्रतापूर्वक प्रस्तुत हुन त सक्छ नी !

केसीको जीवन रक्षाका लागि देशभरका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय 

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का

अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

रारा तालको किनारको होटलमा भीषण आगलागी, चार वटा भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०