प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?
काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि प्रधानमन्त्रीले पहल गरेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी केसी अनसनमा बसेको २४ दिन पुगिसक्दा पनि वार्ता समितिसम्म गठन नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनसन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’विज्ञप्तिमा भनिएको छ ।