कठै हाम्रो देशको राजनीति !



शारदाप्रसाद त्रिताल ।
कतिपय प्रदेशको नाम र राजधानी तोक्ने कार्य अझै हुन नसक्नु लज्जास्पद ! प्रदेशको नाम र राजधानी तोक्ने कुरा पनि केन्द्रका नेताले गर्नु पर्ने हो भने किन चाहियो प्रदेश ? प्रदेशको सभाले अनौपचारिक छलफलसम्म नगरी एकाएक ठाउँ तोकेर निर्णयार्थ पेश गर्ने हो भने त्यो सभाको के काम ?

सभामा विरोध गर्नेलाई नियमानुसार सम्झाइ बुझाइ गर्नु पर्नेमा वा कार्यसम्पादन समिति मार्फत समाधान खोज्नु पर्नेमा तानाशाही व्यवस्थामा जस्तो सदस्यलाई नै घिसारेर बाहिर निकाल्न आदेश दिनु घोर आपत्तिजनक । ५ नं प्रदेशको राजधानी दाङ उचित होइन भनेर विवाद गर्नु अस्वाभाविक । विरोध गर्ने अन्य उपाय हुँदा हुँदै जनप्रतिनिधिहरु तोडफोडमा उत्रिनु लज्जास्पद !

जनप्रतिनिधिहरु नै यसरी जनताको सम्पत्तिको नोक्सान गर्न अग्रसर हुने हो भने अरुहरुको लागि कस्तो शिक्षा जाला ? संघीयता घाँडो नै हो त ? कतै लोकतन्त्र नै बाँदरको हातमा नरिवल हो भन्ने कुराको पुष्ट्याइँ गराउन खोजिएको त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ