डब्लुएचओले भन्यो-विश्वमा कोरोना संक्रमितको वास्तविक संख्या ८० करोड नजिक



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्नेले जनाएको छ । स्विट्जरल्याण्डको जेनेभामा डब्लुएचओका शीर्ष नेताहरुको विशेष बैठकमा उसले विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको धेरै क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् । डब्लुएचओका अनुसार विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ । विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो । विश्वका कतियपय देशहरु अहिले कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

पूर्वी युक्रेनमा रुसी हमलामा ५ जनाको मृत्यु

किएभ ।  किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा रहेको फ्रन्ट–लाइन सहरमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत