उपदेश डा. केसीलाई हैन, सरकारलाई दिनुपर्छ



भीम उपाध्याय ।

सरकारलाई सही काम गर्न कसले रोकेको छ? राम्रो काम गर न हो भन्नका लागि किन कोही घरिघरि अनसन बसिरहनुपर्छ? कोरोनाको कहर हुदैमा सही काम गर्न कसलाई कसले रोकेको छ वा बाधा दिएको छ र? राम्रो कामका लागि सत्याग्रह गर्न डा केसी जुनसुकै बेला अनसन बसे पनि त्यो नै समय उत्तम हो।

कुरा कतिखेर कुन समयमा अनसन बस्यो त्यो हैन, के मुद्दा हो त्यो हो। सरकारले मुद्दा सम्बोधन गरिदिए को बस्छ र बेफ्वॉकमा अनसन जस्तो कठिन र ज्यान जोखिममा पार्ने काम कसैले? दुईदिन घरमा बस्न पर्यो भने रडाको मच्चाउने, एक छाक खान नपाउदा रोईलो गर्नेले अनसन बसेर हेरून्, दुईदिनमै नौ नाडी गल्ने छ। त्यसमाथि एउटै बेडमा लमतन्न परेर २२ दिन बस्नु अधिकाँशका लागि असंभव काम हो। कालकोठरीमा जेल बस्दा भन्दा पनि कठिन कार्य हो ।

त्यसैले कसैले उपदेश डा केसीलाई हैन, सरकारलाई दिनुपर्छ। सबैले सरकारलाई नै दबाब दिएर उसलाई दलालहरूको चंकुलबाट मुक्त पारी सही निर्णय लिन अनुकूल वातावरण पनि बनाईदिनुपर्छ। सरकारलाई स्वार्थी आफन्तहरूको घेरा र दबाबका कारणले गर्दा चाहना हुदाहुदै पनि सही निर्णय लिन नसकिने अवस्था भईरहेको हुन्छ। आफन्तको घेरा तोड्न बाह्य दबाब सरकारका निम्ति पनि अनुकूल परिस्थिति बन्ने गर्छ। कसैले पनि अरू तर्क गर्नु अर्थहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन

वैदेशिक लगानीलाई सरलीकृत गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै

संसदको अवरोध हटाउने उपाय खोज्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ