गोरो छालाको कालो इतिहास



डा. गोविन्दशरण उपाध्याय ।
अमेरिकाको लुजेनिया राज्यले सन् १८४८ मा काला जातिका आजीवन कैदी महिलाबाट जन्मिएका बालबालिकालाई दश वर्षको उमेरसम्म मात्र आमासँग रहने र त्यसपछि ती सबै राज्यका सम्पत्ति हुने कानुन बनाइयो । सोही कानुनको जगमा टोकेर त्यसपछि ती काला बालबालिकाहरूलाई तत्कालीन न्यायलय परिसरमै लिलामी गरेर गोराजातिका बालबालिकाहरूको लागि पढ्न विद्यालयहरूका लागि आर्थिक जोहो गर्ने गरिन्थ्यो । आज लुसानिया राज्यका अधिकांश विद्यालयहरू कालाजातिका बालबालिकालाई लिलाम गरेर तयार गरिएका हुन् ।

असलमा, बृटिश गोराहरूले अमेरिका पुगेर त्यस बखतको ७५५ आदिवासी अमेरिकी पुरुषहरूको कत्लेआम गरेका र महिलाहरूलाई यौनाचारका लागि पशुवत व्यबहार गर्ने गरेका थिए । आज पनि सेक्स मार्केटिंग गरेर महिलाहरूलाई प्रशाधनका रूपमा उपयोग गर्ने विचारका सृजक गोराहरू नै हुन् । महिलाहरू पूज्य हुन्छन्, महिलाहरू देवी हुन्, महिलाहरूमा आत्मा हुन्छ भन्ने जस्ता कुराहरू गोराहरूको शब्दकोशमा हुँदैनन् र छैनन् । यदि आज गोराहरूले महिलाको सम्मान गर्ने कुरा गर्छन्, बालअधिकारको कुरा गर्छन् भने समयले निम्त्याएको बाध्यता हो । मूलतः उनीहरू पशु नै छन् ।

महान् मानवतावादी गोराहरूले सन् १७४३ मा युरोपभरि पोपको आदेश पालन गर्दै ४० हजार महिलाहरूलाई बोक्सीको आरोप लगाएर सर्वजनिक ठाउँहरूमा झुन्ड्याएको थियो । यतिमात्र होइन, बोक्सीहरूलाई जिउंदै पोल्ने, फलामको कैचीले स्तनहरू ताछेर फालिदिने, कुकुरहरू लगाएर टोकाउने र आफ्नै छोराछोरीबाट आमाहरूको हत्या गर्न लगाउने जघन्यताको इतिहास केवल गोराहरूमा मात्र थियो । यी गोराहरूको महान् इतिहास र विज्ञताको कदर गर्नेहरूले यदाकदा यो इतिहास पनि बताए हुन्थ्यो ।

विश्वलाई मानवताको पाठ पढाउने गोराहरूले आफ्नो इतिहास हेर्न जरुरी छ । आज पनि अमेरिका अधिकांश विद्यालयहरूमा कालाजातिहरू उपर गोराहरूले भेदभाव जगजाहेर छ । गोराहरूका नेपाली पिठ्ठुहरूले उपरोक्त तत्थ्यका विषयमा ज्यान गए चर्चा गर्दैनन् ।
प्रसिद्ध इतिहासकार तथा लेखक एचटी सरोन मोर्गनको कितावबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ

गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा