विश्वका दुई करोड ५४ लाख मानिस कोरोना संक्रमणमुक्त
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४१ लाख ५६ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएका छन् भने ६ हजार १८४ जनाको मृत्यु भएको छ वल्डोमिटरमा उल्लेख छ । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख १८ हजार ७८४ पुगेको छ ।
हालसम्म २ करोड ५४ लाख २६ हजार ५ सय ४२ कोरोनामुक्त भएका छन् । संक्रमितमध्ये ७७ लाख १० हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६५ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा एकैदिन ४० हजार ९२० संक्रमित पुष्टि भएसंगै संक्रमितको संख्या ७४ लाख ४७ हजार २ सय ८२ पुगेको छ । कोरोनाका कारण २ लाख ११ हजार ७४० जनाको मृत्यु भएको छ भने ४६ लाख ९९ हजार ७ सय भन्दाबढी मानिस निको भएका छन् ।
यस्तै, भारतमा एकैदिन ८६ हजार ७४८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६३ लाख १० हजार २६७ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९८ हजार ७०८ पुगेको छ भने ५२ लाख ७० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा ४८ लाख १३ हजार ५ सय ८६ मानिस संक्रमित भएका छन् भने १ लाख ४३ हजार ९ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४१ लाख ८० हजार ३ सय भन्दाबढी निको भएका छन् ।