थप १,५५९ जनामा कोरोना संक्रमण, १,०५७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५९ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई महिला र पाँच पुरुष गरी थप सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
पीसीआर विधिबाट १२,२०५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,४२८ जना रहेका छन् । आइसोलेसनमा २०,८९१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप १,०५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५६,४२८ पुगेको छ । आइसियूमा २०१ र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको छ ।