कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम बन्द
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति बन्द भएको छ ।
कर्मचारी कोरोना संक्रमण देखिएपछि आजदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । कोरोनाका कारण केही समय बन्द रहेको श्रम स्वीकृतिको काम सरकारले खुल्ला गरेसँगै ताहाचलबाट श्रम स्वीकृति हुँदै आएको थियो ।