डा. केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई जवाफदेहीता निगरानी समितिको आग्रह



काठमाडौं । जवाफदेहीता निगरानी समितिले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिकातर्फबाट चरण प्रसाईंले मंगलबार विज्ञप्ति जारी गरी १९औं सत्याग्रहको १६औं दिन भईसक्दा समेत सरकारले उहाँका मागहरु सम्बोधन गर्न देखाएको उदासीनताप्रति जवाफदेहीता गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

समितिले डा. केसीले ज्यान जोखिममा राखेर थालेको सत्याग्रह कुनै ब्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँवीच भएको सहमतिको पूर्ण कार्यान्वयनको लागि भएको उल्लेख गरेको छ । डा. केसी १९औं पटक सत्याग्रहमा बस्नुपर्ने अवस्था श्रृजना हुनु दुखपूर्ण अवस्था भएको निगरानी समितिको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, डा. केसीलाई जुम्लावाट काठमाडौं स्थानान्तरण गर्ने क्रममा नेशनल ट्रमा सेन्टरमा प्रहरीवाट भएको दूव्र्यवहार तथा उहाँका मागहरुलाई सम्बोधनका लागि दबाब सृजना गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकप्रति भएका अत्यधिक बल प्रयोग एवं गिरफ्तारी तथा सर्वोच्च अदालतले निषेधित क्षेत्र लागु नगर्न दिएको अन्तरिम आदेशलाई समेत अवज्ञा गर्दै प्रहरी प्रशासनबाट भएका दमन जस्ता ब्यक्तिको संविधानले प्रत्याभुत गरेको हिडडुल गर्ने, शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने मौलिक तथा स्वतन्त्राका हक प्रतिकुल कार्यहरुप्रति निगरानी समिति घोर निन्दा गर्दछ । साथै, डा. केसीका जायज मागहरुको वार्ताद्वारा तत्काल समाधान खोज्न र उहाँको बिग्रदो स्वास्थ्य स्थितिप्रति गम्भीर हुनका साथै जीवन रक्षाको लागि अविलम्ब पहल गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष जबाफदेहिता निगरानी समिति हार्दिक अपिल गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा