के नेपालमा कुनै व्यक्तित्व राष्ट्र निर्माता वा राष्ट्रपिता नभएकै हो त ?
भीम उपाध्याय ।
नेपालमा राजतन्त्रको पालामा कार्यालयहरूमा एकताका प्रतिक मानेर राजारानीको तस्बिर हुने गर्दथ्यो । आजकल सोही स्थानमा बहालवाला राष्ट्रपतिको तस्बिर झुन्डिएको देख्न पाइन्छ ।
भारतमा महात्मा गान्धीको तस्बिर झुन्डिएको भेटिन्छ । चीनमा माओको झुन्डिएको हुन्छ । राष्ट्र निर्माणमा कुनै न कुनै ठूलो योगदान दिएका व्यक्तित्वको तस्बिर झुन्ड्याइने चलन हुन्छ, अर्थात् देशले राष्ट्रपिता मान्ने व्यक्तिको तस्बिर राखिन्छ । तर, नेपालमा झुण्ड्याइने तस्बिर बहालवाला राष्ट्रपतिको किन छ ? वर्तमान राष्ट्रपतिको न संविधान निर्माणमा कुनै विशेष योगदान हो, न गणतन्त्र ल्याउँदा कुनै योगदान हो, न त प्रथम राष्ट्रपति नै हुन्, न कार्यकारी राष्ट्रपति हुन् ।
तैपनि किन जताततै उनको तस्बिर झुन्डिएको र झुन्डाइएको हो ? कुरा बुझ्न सकिएन । के नेपालमा कुनै व्यक्तित्व राष्ट्र निर्माता वा राष्ट्रपिता नभएकै हो त ? के हामी टुहुरो मुलुक नै हो त ? के हामी पूर्खाप्रति कृतघ्न नागरिक नै हौ त ? के यो मुलुक फोसामा पाएका हौँ त ?