विश्वका दुई करोड ४४ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ४४ लाख ६ हजार १ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ३४ हजार भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ३० लाख ५५ हजार भन्दाबढी संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार ७ सय २१ पुगेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ७६ लाख ५० हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७२ लाख ८७ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये ४४ लाख २४ हजार १ सय भन्दाबढी निको भएका छन् भने २ लाख ९ हजार १ सय बढीको ज्यान गएको छ । यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५९ लाख ९० हजार ५८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४९ लाख ३८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७० हजार ७९५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५३४ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने १ लाख ४१ हजार ४४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख ५० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख