डा. केसीका पक्षमा माइतीघरमा प्रदर्शन(फोटोफिचर)



काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा शुक्रबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले केसीकोसमर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले माइतीघरको मुख्य क्षेत्रमा प्रवेश लागि भने रोक लगाएको थियो । उनीहरुले अदालतले समेत विरोधमा रोक नलगाएको अवस्थामा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको मौखिक निर्देशनमा माइतीघरको मुख्य क्षेत्रमा प्रवेशमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले डा. केसीको माग पुरा गर्दै उनको जीवनरक्षाको माग गरेका थिए । डा. केसीले अघि सारेका कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्नेलगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । अनसनकै क्रममा उनी काठमाडौं आएका छन् । हाल उनी शिक्षण अस्पतालमा सत्याग्रहमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ