विश्वका सङ्क्रमितमध्ये २ करोड ३९ लाख भन्दाबढी संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ३९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ३९ लाख २४ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ४८ हजार भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड २४ लाख ८ हजार ५ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ७८८ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ८७२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ७ सय २४ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ७४ लाख ९५ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६३ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७१ लाख ८५ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४४ लाख ३७ हजार ५ सय भन्दाबढी निको भएका छन् भने २ लाख ७ हजार ५ सय बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ९२ हजार ९९१ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ७० हजार ७९५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२ हजार ३१७ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ भने १ लाख ३९ हजार ८३३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४० लाख २३ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका