हजारौँ तिब्बतीहरूलाई श्रम शिविरमा लैजान चीनको दबाब



चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रहरूमा लैजान ठूलो सङ्ख्यामा तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको एक अध्ययनले जनाएको छ । ती श्रम शिविर जस्तै रहेको विज्ञहरूको भनाइ छ । सरकारी सञ्चार माध्यमको प्रतिवेदन, नीतिगत दस्तावेज अनि रोयटर्स समाचार संस्थाद्वारा पुष्टि गरिएको स्याटलाइट तस्बिरहरूका आधारमा उक्त प्रतिवेदन जेम्सटाउन फाउन्डेसनले तयार पारेको हो ।

अध्ययनले सिन्जियाङका उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायबारे तयार पारिएको दस्तावेजका आधारमा उनीहरूको अवस्थाको पनि तुलना गरेको छ । चिनियाँ निकायहरूले यसबारे प्रतिक्रिया जनाएका छैनन् ।

विकट क्षेत्रका श्रमिकहरूलाई पुनः तालिम दिने कार्य राष्ट्रपति सी जिन्पिङको यो वर्ष गरिबी हटाउने प्रतिबद्धतासँग जोडिएको बताइएको छ । तिब्बत चीनको स्वशासित क्षेत्र हो जहाँ उसले सांस्कृतिक अनि धार्मिक स्वतन्त्रतामाथि दमन गरेको आरोप लगाइन्छ । बेइजिङले भने हिमाली क्षेत्रमा प्रगति र विकासलाई बढावा दिएको बताउँदै आएको छ ।

अध्ययनको निष्कर्षके छ ?

एक जना स्वतन्त्र सोधकर्ता एड्रीएन जेन्जले तयार पारेको प्रतिवेदनका अनुसार सन् २०२० को पहिलो सात महिनामा ५ लाख मानिसलाई तालिम दिइएको थियो जसमा किसान र पशुपालनमा संलग्नहरू छन् । त्यस्तै ती श्रमिकहरूको तिब्बत र चीनका अन्य भूभागमा सामूहिक स्थानान्तरणका लागि अधिकारीहरूले कोटा तोकेको अध्ययनको निष्कर्ष छ ।

चिनियाँ सरकारको योजना उनीहरूलाई “काममा अनुशासन र नैतिकता अनि चिनियाँ भाषा“ सिकाउनु रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक काम “गर्न सक्दिन, गर्न चाहन्न र गर्न आँट छैन“ जस्ता मनोवृत्ति परिवर्तन गर्न र ’अल्छी मानिसहरूलाई’ हटाउनका लागि विभिन्न उपायहरू प्रयोगमा ल्याउनु पनि सरकारी उद्देश्य रहेको बताइएको छ । अध्ययनका अनुसार उक्त कार्यक्रमले कम वेतनमा उत्पादन, निर्माण अनि कृषि क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्ने श्रमिकहरू तयार पार्ने गर्छ।

सिन्जियाङसँग तुलना

प्रतिवेदनका अनुसार तिब्बतको कार्यक्रम र सिन्जियाङ प्रान्तमा लागु गरिएको श्रमसम्बन्धी योजनाबीच एकरूपता देखिन्छ । उक्त राज्यमा उइगर मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई ठूलो सङ्ख्यामा बन्दी बनाइएको आरोप चिनियाँ निकायहरू माथि छ । तर बेङजिङले भने त्यहाँ स्थापना गरिएका शिविर आतङ्कवाद र धार्मिक अतिवादसँग जुझ्नका लागि सिपमूलक तालिम दिइने विद्यालय रहेको बताउँदै आएको छ । तर केही तिब्बतीहरूले स्वतःस्फूर्त रूपमा कार्यक्रममा सहभागिता जनाएको अनि आफ्नो आम्दानी बढाएको बताउँदै तिब्बतको कार्यक्रम सिन्जियाङको तुलनामा कम दबाबमूलक रहेको जेम्सटाउन अध्ययनले उल्लेख गरेको छ । बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि