कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु



बुटवल । नवलपरासी, कपिलवस्तु, डडेल्धुरा र तनहुँका गरी थप चार जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक/एक जनाको मृत्यु भएको हो ।

कपिलबस्तु बुद्धभुमि नगरपालिका ६ का ५० बर्षीय पुरुष र नवलपरासी पश्चिम रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचाररत दुवैको बिहीबार विहान मृत्यु भएको हो । मृत्यु भएका कपिलबस्तुका पुरुष मधुमेह र मिर्गालाका दिर्घ रोगी थिए भने नवलपरासी पश्चिमका पुरुषमा कलेजो र मिगौलाका दिर्घरोगी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त अस्पतालमा हाल १४ जना सघन उपचार कक्ष आईसियुमा  र आईसोलेसन वार्डमा २६ जनाले उपचार गराई रहेका छन ।

त्यस्तै, डडेल्धुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

रारा तालको किनारको होटलमा भीषण आगलागी, चार वटा भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०