विश्वमा एकैदिन दुई लाख ७७ हजार मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६०५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७५ हजार ४०५ पुगेको छ । संक्रमितमध्ये २ करोड ३३ लाख ९४ हजार भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७४ लाख ५ हजार ९ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

एकै दिन २ लाख ७७ हजार ६०६ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो । कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७० लाख ९७ हजार ९ सय नाघेको छ । यस्तै, २ लाख ५ हजार ४ सय बढीको मृत्यु भएको छ भने ४३ लाख ४६ हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ५६ लाख ४० हजार ४ सय ९६ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । संक्रमितमध्ये ४५ लाख ८१ हजार ८ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४५ लाख ९५ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३८ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३९ लाख ४५ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको आणविक केन्द्रमा आक्रमण नगर्ने अमेरिकालाई इजरायली आश्वासन

वासिङ्टन । इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’ रहेको रुसको भनाई

मस्को ।  क्रेमलिनले उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ

भारतीय विदेशमन्त्री पाकिस्तानमा

इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनका

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब