प्रधानमन्त्रीको निर्देशनमा सीमासम्बन्धी पुस्तक बितरणमा रोक



काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको जानकारी दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिए ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिपोर्ट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उनले बताए । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र

बाढीपहिरोमा परी देशभरमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले

कोशी ब्यारेजको पुलबाट पैदल आवतजावतसमेत बन्द

  इनरुवा ।  कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी ३४ जनाको मृत्यु, डुबानमा परेका १३ सयको उद्धार

काठमाडौँ  । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ  उपत्यकामा ३४ जनाको मृत्यु