थप १३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा थप ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा एक र काभ्रेमा एक गरी थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबिाट ११,१५४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ७,१७१ जना रहेका छन् । आइसोलेसनमा १८,१४२ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप ८२३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४८,०६१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का

अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

रारा तालको किनारको होटलमा भीषण आगलागी, चार वटा भवन नष्ट

मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका