यो कोभिडलाई हल्का नलिनु होला र आफ्नो सुरक्षामा कतै नचुक्नु होलाः क्याप्टेन विजय लामा



काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । कोरोना संक्रमण भई स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘गत दुई हप्तादेखि मेरो कोभिडसँगको लडाइँमा आज धेरै राम्रो भएको छ ।
रगतको नमुना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लछण छैन । राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इनफेक्सन लेवल पनि घटेको अवस्था छ ।
यो सम्भव हुनुको पछाडि स्टार अस्पतालको सम्पूर्ण टोलीको योग्दान छ । जुन किसिमको उपचारको बयान गर्न सक्दिन । धन्यवाद टिम स्टार अस्पताल । एक्दम जटिल अवस्थाबाट पार भई पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु । मेरो बिनम्र अनुरोध सबैमा…बिन्ती छ यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामन्य रोग होइन । यस्ले ज्यान लिन सक्छ ! यो ब्लगले केही जानकारी दिन्छ । धन्यवाद अनि मुटुभरीबाट आभारी छु । तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्नेछु र बिदेशमा हुनुभएकाहरुलाइ नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु पुनः !! जय चन्द्र सुर्य!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना