विश्वमा कोरोना सङ्क्रमितमध्ये २ करोड ३१ लाख भन्दाबढी संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ३१ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ३१ लाख १० हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड १४ लाख ८२ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजार २८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार २ सय ९६ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ७४ लाख २ हजार ८ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७० लाख ७६ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।

संक्रमितमध्ये ४२ लाख ९९ हजार ५ सय भन्दाबढी निको भएका छन् भने २ लाख ४ हजार ५ सय बढीको ज्यान गएको छ । यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको Qउपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार ९६५ रहेको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४५ लाख ६० हजार ८३ पुगेको छ भने १ लाख ३७ हजार ३ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३८ लाख ८७ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण