कतारमा १६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किने प्रतिक्षामा



काठमाडौं । सांसदहरुले अवैध रुपमा अन्य देशमा रहेका नेपाली घरेलु कामदारलाई स्वदेश फर्काउनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले अवैध रुपमा अन्य देशमा रहेका नेपालीहरुले दुःख पाएको भन्दै उनीहरुलाई स्वदेश फर्काउनुपर्ने बताए ।

नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएपनि म्यानपावर कम्पनीहरुले बिभिन्न प्रक्रियाबाट उनीहरुले पठाउने गरेको भन्दै यसमा अन्य देशमाा रहेका नेपाली दुतावासहरुले ध्यान दिनुपर्ने बताए । बैठकमा सांसद भिमसेनदास प्रधानले घरेलु कामदारमा महिलालाई पठाउनुपर्छ भन्ने माग कतैबाट पनि नआएको बताए ।

अब सरकारले महिला घरेलु कामदार पठाउन रोक्नुपर्ने उनको भनाई छ । त्यस्तै सांसद सोम प्रसाद पााण्डेले अवैध रुपमा घरेलु कामदार पठाउने म्यानपावरलाई कारवाही गर्नुपर्ने बताए । त्यस्तै सांसद सुजाता परियारले खाडी मुलुकका केही देशमा कम्पनी बन्द भएर नेपालीहरु अलपत्र परेको भन्दै सरकारले प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्ने बताइन् ।

त्यस्तै भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका बिभिन्न देशमा रहेका नेपाली राजदूतहरुले अझैपनि उद्धार गर्नुपर्ने नेपालीको संख्या धेरै रहेको बताए । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले श्रमिकको उद्धारका लागि चार्टर्ड फ्लाइटबाट मात्र सम्भव नदेखिएको बताए । उनले कतारमा १६ हजार भन्दा बढी नेपाली स्वदेश फर्किने प्रतीक्षामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।