विश्वका दुई करोड २८ लाख मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६५ हजार ५९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ३० हजार ५ सय ७६ पुगेको छ । संक्रमितमध्ये २ करोड २८ लाख २१ हजार ६ सय भन्दाबढी निको भएका छन् भने अहिले विश्वमा ७४ लाख ४३ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

एकै दिन २ लाख ३९ हजार ७५२ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत बढी हो । कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७० लाख ४ हजार ७ सय नाघेको छ । यस्तै, २ लाख ४ हजार १ सय बढीको मृत्यु भएको छ भने ४२ लाख ५० हजार भन्दाबढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ५४ लाख ८५ हजार ६ सय १२ जना संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७ हजार ९ सय ९ पुगेको छ । संक्रमितमध्ये ४३ लाख ९२ हजार ६ सय भन्दा धेरै निको भएका छन् ।

ब्राजिलमा ४५ लाख ४४ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३६ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३८ लाख ५१ हजार २ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोग गरेका ४९ उद्योगलाई

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ  । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप