रुसमा बस्ने एक नेपालीले लिए कोभिड-१९ बिरुद्धको खोप



रुसमा बस्ने एक नेपालीले कोभिड १९ बिरुद्धको खोप लिएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिएका हुन् ।

नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो । सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए । श्रेष्ठलाई कोरोनाको खोप दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।

उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो खोप लिएकोकोमा खुःसी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । यसअघि नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोनाविरुद्धको नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ