विश्वमा एकैदिन २ लाख ४१ हजार भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड २५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड २५ लाख ८३ हजार ३ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकैदिन २ लाख ४१ हजार १२१ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ९ लाख ८३ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ हजार १३३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६१ हजार ४ सय पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ७४ लाख ३९ हजार २ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६९ लाख ६७ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४२ लाख २३ हजार ६ सय भन्दाबढी निको भएका छन् भने २ लाख ३ हजारको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजार ७७४ रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४५ लाख २८ हजार ३ सय ४७ पुगेको छ भने १ लाख ३५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३८ लाख २० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका